नेपाल सरकारले लामो समय देखि रोकिएको नियमित अन्तर्राष्ट्रिय उडान सेप्टेम्बर १ देखि आंशिक रुपमा खोल्ने तयारी गरेको छ । कोभिड १९ को प्रकोपपछी बिदेशमा रहेका नेपालीलाई सरकारले सम्बन्धित दुताबास मार्फत गरेको उद्धार (चार्टर) उडान महङ्गो भएको गुनासो आइरहेको थियो । अहिले PCR परिक्षण सहज मानिएका देश तथा सहर मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मुलुकबाट यात्रुलाई नियमित उडानबाट नेपाल प्रवेश गर्न दिने भएको हो । PCR परिक्षण सहज नभएका भनिएका देश/सहर साउदी अबर, कतार र कुबेत र अन्य मुलकबाट नियमित उडानबाट यात्रु नेपाल आउन पाउने छैनन्, यी देशबाट यात्रु ल्याउनको लागि सरकारले उद्धार उडान जारी राख्ने जनाएको छ ।
दैनिक ५०० जना नेपाली यात्रुले उद्धार (चार्टर) र नियमित उडानबाट नेपाल प्रवेश गर्न पाउने छन् । जसको लागि एयरलाइन्सलाई अनुमति दिने र तालिका बनाउने काम पर्यटन मन्त्रालयले सुरु गरेको छ । नेपाल प्रवेश नियमित उडानबाट पहिले जस्तो सहज भने हुने छैन् । अब हरेक यात्रुले नेपाल सरकारले कोरोना नियन्त्रणका लागि तोकेका शर्तहरु अनिवार्य पालना गर्नुपर्ने छ । सरकारले तोकेका मापदण्ड यस प्रकारका छन् ।
नेपालबाट विदेश जाने यात्रुका हकमा भने सम्बधित देशले लागु गरेको प्रावधान लागु हुने छ । नियमित उडानको लागि नेपाल कुन कुन एयरलाइन्स आउने छन् भन्ने अहिले सम्म टुङ्गो लागेको छैन् । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडान तालिका छिट्टै सार्वजनिक गर्ने बुझिएको छ । आंशिकरुपमै भएपनि नियमित उडान सुचारु हुने भएपछि नेपालबाट विदेश जाने र विदेशबाट नेपाल आउने यात्रुलाई राहत मिल्ने भएको छ भने अर्कोतिर प्रतिष्पर्धा भएर हवाई भाडा चार्टर उडान भन्दा सस्तो हुने छ ।
Comments