नेपालबाट जापान जान अब रि-इन्ट्री परमिट कन्फर्मेसन लिन नपर्ने

नेपालबाट जापान जान अब रि-इन्ट्री परमिट कन्फर्मेसन लिन नपर्ने

जापान जानको लागि अब नेपाल स्थित जापानी दूतावासबाट रि-इन्ट्री कन्फर्मेसन लेटर लिनु नपर्ने भएको छ । जापानको परराष्ट्रमन्त्रालयले जारी गरेको सूचना अनुसार अब जापान जाने यात्रुले उडान हुनु ७२ घण्टा भित्रको आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट र जापान सरकारले जारी गरेको क्वारेन्टाइन सम्बन्धी सम्पूर्ण नियमको अनिवार्य पालना गरेर जापान प्रवेश गर्न पाउने छन् ।

यो नियम नोभेम्बर ०१ देखि लागु हुनेछ । जापानको परराष्ट्रमन्त्रालय मार्फत जारी सूचना आएसँगै जापानी राजदुताबासले दिएको इमेल ठेगानामा आफ्नो नाम र पासपोर्ट नम्बर पठाएर दुतावासले दिएको समय कुरेर रि-इन्ट्री परमिट कन्फर्मेसन लिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

हाल नेपालबाट जापानको लागि नोभेम्बर महिनाको लागि नेपाल एयरलाइन्सले हप्तामा एउटा काठमाडौं देखि नारिता सीधा उडान गर्ने तालिका सार्वजनिक गरेको छ । नेपाल एयरलाइन्स बाहेक कतार, मलेसिया लगायतका केही एयरलाइन्स मार्फत पनि ट्रान्जिट हुँदै जापान जान सकिन्छ ।

Comments

Facebook Comments