कोरोना भाइरसको सक्रमण बढ्दै गएपछि सरकारले आन्तरिक हवाई उडानमा खोप लगाइसकेका यात्रुलाई मात्र बोर्डिंग पास दिने नियम लागु गर्न भनेपछि वायुसेवा संचालकहरुले उक्त नियमलाइ कार्यान्वयन गर्ने भएका छन् । बायु सेवा संचालकको आज बसेको बैठकले आफूसँग सम्बद्ध वायुसेवा कम्पनीलाई जहाजभित्र सेनिटाइजर व्यवस्था, हरेक उडानै पिच्छे डिसइन्फेक्सन, भिडभाड कम गराउनका लागि पनि निर्देशन दिएको छ । हवाई जहाजभित्र स्यानिटाइजर अनिवार्य गर्नुका साथै यात्रुले अब फेस सिल्ड पनि लगाउनु पर्ने हुन्छ ।
खोप लगाएको प्रमाण मोबाइलमा देखाएपनि हुने व्यवस्था गरिएको छ । यस अघि मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडानमा एन्टिजेन परिक्षण अनिवार्य गर्ने व्यवस्था गर्न भने पनि बायु सेवा संचालकले उक्त नियम कार्यन्वयन नगर्ने भएका छन् । एन्टिजेन परिक्षण छोटो दुरीको लागि व्यवहारिक नहुने भएकाले यस्तो व्यवस्था हाललाई लागु नगर्ने भनेपछि गृह मन्त्रालयले मौखिक सहमति दिएको छ ।
Comments