कोभिड – १९ को कारण देखाउँदै लामो समय देखि भिसा आबेदन लिन रोकेको जापानले मार्च १ देखि फेरी सुरु गरेको छ । हाललाई टुरिष्ट भिसा बाहेक सबै प्रकारका भिसा आबेदन लिने भएको छ ।
भिसा आबेदन दिन जापानबाट COE प्राप्त गरेका व्यक्तिले VFS ग्लोबलको साइटमा गएर आइडी क्रियट गरेर आफ्नो पालो (Appointment ) लिन सक्ने छन् । भिसा आबेदन दिने प्रकिया नेपाल स्थित जापान एम्बेसीले कोरोनाको कारण देखाउँदै केहि समय अघि देखि VFS ग्लोबल लाई जिम्मा दिएको हो ।
VFS ग्लोबलको जानकारी अनुसार आफ्नो पालो (Appointment) लिनु अघि भिसा आबेदन दिनको लागि आवश्यक सम्पूर्ण कागजात पुरा भैसकेपछी मात्र पालो लिनको लागि अनुरोध गरेको छ ।