आन्तरिक तथा अन्तराष्ट्रिय उडानको टिकट बुकिङ खुला भएको छ । लकडाउनले गर्दा चैत ११ गते देखि बन्द भएको व्यावसायिक उडान सरकारले भदौ १ गतेबाट सुरु गर्ने अनुमति दिएपछि उडानको तयारी सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीलाई यात्रुलाई सङ्क्रमण हुनबाट रोक्नको लागी एयरलाइन्स कम्पनी र यात्रुलाई अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा निर्देशिका जारी गरिसकेको छ । यता एयरलाइन्स कम्पनीहरुले यात्रुलाई सुरक्षित यात्रा गराउनको लागि आफुहरुले सम्पूर्ण तयारी पुरा गरिसकेको र यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न भनेका छन् ।
अब हुने हवाई यात्रा पहिले भन्दा केहि झन्झटिलो हुने भने देखिएको छ, यात्रुले भौतिक दुरी कामय गर्ने, बोर्डिंग पास लिनु अघि आफ्नो बिवरण भर्नु पर्ने, यात्रा अवधिभर मास्क लागाउनु पर्ने, चेक इन हुनु अघि ज्वरो जाँच गर्नुपर्ने, एयरलाइन कम्पनीले दिएको स्यानिटाइजर प्रयोग गर्नुपर्ने लगायतका पक्रिया पुरा गर्नुपर्ने हुन्छ । जसले गर्दा यात्रुलाई सामान्य अवस्थामा भन्दा बढी समय लाग्ने भएको छ ।
कोरोनाको लक्षण देखिएका यात्रुले उडान भर्न पाउने छैनन् भने घर पालुवा जनावर कुकुर, बिरालो आफुसँगै लैजान हाललाई पाइने छैन् । बिमानभित्र पसिसकेपछी अति आवश्यक बाहेकको अवस्थामा शौचालय प्रयोग गर्न पाइने छैन् । आन्तरिक उडानमा यात्रुलाई दिँदै आएको क्याटरिङ्ग सेवा हाललाई बन्द गरिने भएको छ । ह्याण्डक्यारी बोक्न पाइने छैन तर ल्यापटप र महिलाले बोक्ने सानो ब्याग भने लैजान पाउने ब्यवस्था गरिएको छ ।
एयरलाइन्स कम्पनीले सिट अनुसार पुरै यात्रु राख्न पाउने भएका छन् । आन्तरिक तर्फ सबै गन्तव्यमा उडान गर्ने तर उडान संख्या भने कम गर्ने बिषयमा छलफल भैराखेको छ । सुरुवाती चरणमा अन्तराष्ट्रिय तर्फ भने सिमित उडान मात्र हुने छन् । नेपाली यात्रुलाई बिभिन्न देशहरुले प्रतिबन्ध लगाउनुको साथै कोरोनाको बढी जोखिम देखिएका देशमा उडान हुने छैनन् ।
Comments