नेपाली यात्रुलाई जापान यात्रा प्रतिबन्ध फुक्का

नेपाली यात्रुलाई जापान यात्रा प्रतिबन्ध फुक्का

कोरोना महामारीका कारण नेपाल सहित अन्य देशका नागरिकलाई जापान प्रवेशमा लगाइएको प्रतिबन्ध हटेको छ । जापानको परराषट्र मन्त्रालयमार्फत जारी सुचनामा अगष्ट ५ देखि यात्रुले निश्चित मापण्ड पुरा गरेर जापान प्रवेश गर्न पाउने जनाएको छ ।

उडान बन्द र प्रवेश प्रतिबन्धका  कारण नेपालमा रहेका हजारौं यात्रु जापान सरकारले गरेको यात्रा प्रतिबन्ध फुक्का निर्णयले लाभान्वित हुने भएका छन् तर यात्रुले केही शर्त भने पालन गर्नुपर्ने छ । जापान प्रवेश गर्ने यात्रुलाई अब कोरोना सङ्क्रमण नभएको सर्टिफिकेट आवश्यक पर्ने भएको छ । यात्राको ७२ घण्टा अघि यात्रुले पिसिआर वा आरडीटी परीक्षण गरेको सर्टिफिकेटमा आफुलाई कोरोना सङ्क्रमण नभएको हुनु पर्नेछ ।

सबै किसमका भिसा बहाकले नेपाल स्थित जापानी दुतावासबाट आफ्नो भिसा, रि- इन्ट्री ठीक भएको आफु जापान प्रवेश गर्न योग्य भएको आशयको पत्र दूतावासबाट लिनुपर्ने प्रावधान पनि यात्रुले पुरा गर्नु पर्ने भएको छ । नेपाली यात्रु जापान पुगेपछि अनिवार्य दुई हप्ता सेल्फ कोरेन्टिनमा बस्नुपर्ने वा पुन: पिसिआर परीक्षण गर्नुपर्ने छ ।

जापानले अगष्ट ५ बाट यात्रा प्रतिबन्ध हटाएपनि नेपालबाट हुने नियमित उडान अगष्ट १७ बाट मात्र हुने छन् । अगष्ट १७ पछि पनि जापान जान कुन – कुन एयरलाइन्स नेपाल आउँछन् भन्ने अझै टुङ्गो भने लागेको छैन् ।

Comments

Facebook Comments