त्रिभुवन विमास्थल काठमाडौँबाट आन्तरिक उडान गर्ने यात्रुले फागुन ७ देखि अनिवार्य आफ्नो यात्राको सम्पूर्ण जानकारी प्रष्ट भएको टिकट प्रिन्ट गरेको वा मोबाइलमा डिजिटल कपी देखाउनुपर्ने छ । विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै काठमाडौं विमान स्थलबाट यात्रा गर्न आउने यात्रुलाई अनिवार्य पूर्ण विवरण भएको हवाई टिकट प्रिन्टेड वा डिजिटल कपी देखाउन अनिवार्य गरेको हो ।
टिकट नै नभएका केही अनावश्यक मान्छे मोबाइलमा झुट्टा पिएनआर नम्बर मात्र देखाएर बोर्डिङ पास लिने ठाउँसम्म पुग्ने गरेको पाएपछि सुरक्षा संवदनशीलताका कारण यात्रा गर्ने यात्रु मात्र टर्मिनल भित्र पस्न सकुन्, र मोबाइलको एसएमएसमा हुने टिकट विवरणबाट विमान स्थलको गेटमा बस्ने सुरक्षाकर्मीले टिकट आधिकारीक हो होइन छुट्टाउन गाह्रो परेकोले पूर्ण विवरण भएको प्रिन्टेड वा मोबाइलमा डिजिटल कपी अनिवार्य गरिएको जनाइएको छ ।
यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्थित आफूले टिकट खरीद गरेको वायुसेवा कम्पनीको अफिसमा सजिलै पिएनआर अथवा टिकट नम्बर दिएर नि:शुल्क टिकट प्रिन्ट लिएर सुरक्षा चेक जाँच गरी बोर्डिङ पास लिन भने सक्नेछन् ।
Comments