भैरहवा देखि कुवेत उडान हुने

भैरहवा देखि कुवेत उडान हुने

भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमान स्थलबाट पहिलो व्यवसायिक उडान कुवेतको जजिरा एयरलाइन्सले गर्ने भएको छ । जेठ २ गतेबाट हप्तामा ३ दिन नियमित उडानको तालिका सार्वजनिक गरी जजिरा एयरलाइन्सले टिकट बिक्रि खुल्ला गरिसकेको छ ।

कुवेत अन्तराष्ट्रिय विमानस्थलबाट ६ बजेर ३० मिनटमा उडान भरेर गौतम बुद्ध विमानस्थलमा १ बजेर १५ मिनटमा अवतरण गर्ने तालिका रहेको छ । जजिरा बजेट एयरलाइन्स भएकाले यात्रुले सिधा कुवेत र  ट्रान्जिट भएर मिडिल इस्टका बिभिन्न शहरको यात्रा सस्तो भाडामा गर्न सक्ने छन् ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल अन्य एयरलाइन्स कम्पनिले उडान भर्न चासो दिएपनि अनुमति भने लिएका छैनन् ।

Comments

Facebook Comments